२ चैत्र २०८२, सोमबार | March 16, 2026

सीमा नाकामा कोरोनाको जोखिम कायमै



कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको छ ।

पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो ।

“भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ ।”

सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ आएको छ । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामीको स्वास्थ्य अवस्थामा बिहानको तुलनामा सुधार आएको बताए । उनी पुनः कोरोना भाइसको सङ्क्रमण बढ्न थालेपछि आइसुलेसनमा राखेर उपचार भइरहेका बिरामी पहिलो भएको बताए ।

भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले मास्कको प्रयोगलाई बढावा दिने, स्यानिटाइजरको प्रयोग गर्ने कार्यसँगै स्वास्थ्यसम्बन्धीका सावधानी अपनाउनुपर्ने उनले उल्लेख गरे । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन कोरोनाको सङ्क्रमणमा परेका व्यक्तिहरुले क्वारेन्टिन वा होमआइसुलेसनमा इमान्दारिपूर्वक बस्नुपर्ने उनी सुझाव दिन्छन । भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा ‘हेल्थ डेस्क’ मार्फत शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गर्दै आएका छन् । गत जेठ २१ देखि यही असार ४ गतेसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोरोना सङ्क्रमण पुष्टि भएका १६ जना निको भएका छन् । अझै सातजना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : २९ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५