३ पुस २०८२, बिहिबार | December 18, 2025

मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादर मुद्दा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद एवं प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ ।

चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो । उनी दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए ।

जाहेरिमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रकृयामा रहेको तिमिल्सिनाले बताए । स्रोतका अनुसार प्रहरीले चौधरी विरूद्व बैंकिङ कसुर र ठगी मध्ये कुन मुद्दा चलाउने भन्ने बारे कानुनी परामर्श थालेको छ । प्राप्त उजुरीका बारेमा थप छानबीन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाई छ ।

उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केहि खुलाएको छैन । यस विषयमा सांसद चौधरीसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । चौधरी एकिकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । उनी उक्त पार्टीका उपमहासचिवका साथै संसदमा प्रमुख सचेतक समेत हुन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : १२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन