१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

मेटमणि चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादर मुद्दा



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद एवं प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ ।

चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो । उनी दाङ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए ।

जाहेरिमाथि अनुसन्धान भइरहेको र मुद्दा दर्ताको प्रकृयामा रहेको तिमिल्सिनाले बताए । स्रोतका अनुसार प्रहरीले चौधरी विरूद्व बैंकिङ कसुर र ठगी मध्ये कुन मुद्दा चलाउने भन्ने बारे कानुनी परामर्श थालेको छ । प्राप्त उजुरीका बारेमा थप छानबीन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतको भनाई छ ।

उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केहि खुलाएको छैन । यस विषयमा सांसद चौधरीसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन । चौधरी एकिकृत समाजवादीबाट निर्वाचित सांसद हुन् । उनी उक्त पार्टीका उपमहासचिवका साथै संसदमा प्रमुख सचेतक समेत हुन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : १२ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर