७ भदौ २०८३, आइतबार | August 24, 2026

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत



मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरू भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन् ।

गत असोजमा परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले यहाँको पुल पूर्ण रूपमा क्षति हुँदा सुनकोशी नदी वारपार गर्न स्थानीयले नौ महिनादेखि कठिनाइ भोग्दै आइरहेका थिए ।

खाँडादेवी गाउँपालिकाको वडा नं ४ पुछिघाट र सिन्धुलीको सुनकोशी गाउँपालिकाको वडा नं ६ चैनपुर जोड्ने एक सय ८० मिटर लम्बाइको पुल रामेछापतर्फको ३० मिटर भाग भने बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको थियो ।

विद्यार्थी, कर्मचारी र किसानलाई वर्षात्मा आवतजावत गर्न सहज होस् भनेर खाँडादेवी गाउँपालिकाको विपद् व्यवस्थापन कोषअन्तर्गको चार लाख ५० हजार लागतमा अस्थायी रूपमा पुल मर्मत गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए ।

यस गाउँपालिकाअन्तर्गतका कोथवे, बेलघारीलगायत अन्य स्थानका झोलुङ्गे पुल आंशिक रूपमा मात्र क्षति भएका कारण यसअघि नै स्थानीय स्रोतसाधन परिचालन गरी मर्मतपश्चात सञ्चालनमा ल्याइसकिएको प्राविधिक हरिशचन्द्र बरालले बताए ।

बीचबीचमा काठको फल्याक र किनारमा बाँसको बार बनाएर अस्थायी रूपमा भए पनि नदी वारपार गर्न सहज बनाइदिएपछि जोखिमपूर्ण रूपमा गर्नुपरेको डुङ्गा यात्राको समस्या समाधान भएको पुछिघाटकी स्थानीय शिक्षक दुर्गा महत बताउँछन् ।

उक्त पुल मर्मत भएसँगै खाँडादेवी-४ बाट सुनकोशी गाउँपालिकाको दीर्घ प्रदिम माविमा अध्ययन गर्न जाने दुई दर्जनभन्दा बढी बालबालिका, खाल्टेमा खेती गर्न जाने अधिकांश किसान र खाल्टेबाट खाँडादेवी वारिपारि गर्ने कर्मचारीलाई निकै सहज भएको स्थानीय इन्द्रबहादुर श्रेष्ठले बताए ।

यसअघि भएको पुलको क्षतिपश्चात् जिल्ला प्रशासन कार्यालयले व्यवस्था गरिदिएको डुङ्गा (र्याफ्टिङ) भरपर्दो र विद्यार्थीको समयानुकूल नभएपछि विद्यार्थी र किसान यही पुलबाट जोखिम मोलेर भए पनि नदी वारपार गर्न बाध्य थिए ।

अस्थायी रूपमा मर्मत भएको उक्त झोलुङ्गे पुल लामो समयसम्म नटिक्ने हुनाले यसलाई स्थायी रूपमै बनाउन पहल गर्न स्थानीयले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ७ : २२ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना