९ माघ २०८२, शुक्रबार | January 23, 2026

पेडारी नालामा बेपत्ता बालक मृत फेला परे



खजुरा । बाँकेको खजुरा स्थित पेडारी नालामा हिजोबाट बेपत्ता रहेका ९ वर्षिय बालक आज मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता बालकलाई मृत फेला पारेको हो ।

हिजो अपरान्ह ३ जना साथीहरु सहित पौडी खेल्न गएका साबिर अलि भेलमा बगेर बेपत्ता भएका थिए । हुलाकी राजमार्गको पेडारी पुल देखि अन्दाजी २० मिटर दक्षिणमा पौडी खेल्ने क्रममा बालक बेपत्ता भएको र आज मृत फेला परेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । उनलाई करिब ३ किलोमिटर पानीले बगाएर लागेको अवस्थामा सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयको प्रयासमा फेला पारिएको हो । शवको पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

बेपत्ता भए लगत्तै सँगै गएका अन्य बालकहरुले साबिर बेपत्ता भएको हो हल्ला गरेपनि प्रहरीले समयमा उद्धार नगरिदिँदा बालकको मृत्यु भएको आफन्तले बताएका छन् । प्रहरीले भने तत्काल उद्धार टोली परिचालन गरिएको र थप खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको दाबी गरेको छ ।

तराईका नालाहरुमा भासिने बलौटे माटो हुने भएकाले भेलमा बालबालिकालाई पौडी खेल्न नपठाउन स्थानीयबासीलाई प्रहरीले आग्रह गरेको छ । हिजै मात्र बाँकेको कोहलपुर – १३ स्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर ७ वर्षिय एक बालकको पनि ज्यान गएको थियो ।
फोटो : नेपालगन्ज ग्यालरी

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ५ : ३० बजे

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति

दीप स्कुलमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

बुटवल । बुटवलको सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा शुक्रबार धुमधामका

कालिका मानवज्ञान माविमा सरस्वती पूजाको अवसरमा ईसीडी कक्षामा अक्षरारम्भ

बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसर पारेर

अक्सफोर्ड माध्यमिक विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण, व्यवहारिक शिक्षामा जोड दिन आग्रह

बुटवल । बुटवलको सुख्खानगरस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले सरस्वती पूजा तथा