१० माघ २०८२, शनिबार | January 24, 2026

गाजामा भेटिए हमासले बन्धक बनाएका ८ जनाको शव, विपिन जोशीको अवस्था अझै अज्ञात



एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार योनाटन समेरानो, ओफ्रा केदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनको शव फेला परेको जानकारी दिएका छन् । उनका अनुसार यो महिनामै गाजाबाट जम्मा आठ जना बन्धकको शव भेटिइसकेको छ ।

नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै बन्धकहरूलाई फर्काउने अभियान जारी रहने बताएका छन् । “हामी जीवित वा मृत सबै अपहरणमा परेकालाई फिर्ता ल्याउँछौँ,” विज्ञप्ती जारी गर्दै उनले भने ।

उनले यस्तो भनिरहँदा नेपालका विपिन जोशीको अवस्था भने अझै खुल्न सकेको छैन । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा उनी बन्धक बनिएका थिए ।

उक्त आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन जोशी हमासद्वारा अपहरणमा परेका थिए । नेपाल सरकारले उनको अवस्थाबारे जानकारी लिन कूटनीतिक प्रयास जारी राखेपनि उनको कुनै जानकारी आएको छैन । इजरायली सेनाका अनुसार अझै करिब ५४ जना बन्धक गाजामा छन्, जसमध्ये ३१ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ८ : १३ बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा