२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

प्रतिनिधिसभा बैठक राप्रपा र रास्वपाद्वारा बहिस्कार, मन्त्रीहरूले बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिँदै



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक चलिरहेको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध जारी राखेका छन् ।

यी दुवै दलहरूले आजको बैठक बहिष्कार गरेका छन् ।

आजको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए। रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्‍याएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : ५१ बजे

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

काठमाडौं । यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब

खाद्य स्वच्छता मापदण्ड पूरा गर्ने १७९ प्रतिष्ठानमा बुटवलको कस्तुरी मिष्ठान भण्डार

बुटवल । तिहार नजिकिँदै गर्दा मिठाईको माग र कारोबार बढेको

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा