८ आश्विन २०८३, बिहिबार | September 24, 2026

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, पाँच संसदीय समितिको पनि बैठक



काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रियसभाको बैठकमा कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यसैबीच, आज संघीय संसद्का विभिन्न पाँचवटा संसदीय समितिको बैठकसमेत बस्दैछ ।

निर्धारित कार्यक्रमअनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ७ : ४६ बजे

बुटवल कांग्रेस नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित

बुटवल । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर

भारी वर्षाको सम्भावनापछि गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय दुई दिन बन्द

गुल्मी । सम्भावित भारी वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात्

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका

एसियाली खेलकुदमा पुरुष क्रिकेट आजदेखि, नेपालले भोलि अफगानिस्तानसँग खेल्ने

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि