१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : नेकपा उपनेता हमाल



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले गत अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेश ल्याएको, चालु अधिवेशनमा सभामुखको निर्देशन पालना नभएको र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाए ।

उपनेता हमालले सरकारले गरेका घोषणा, प्रतिबद्धता, कार्यक्रम र बजेटमाथि समीक्षा हुनुपर्ने र लोकतान्त्रिक विधि प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिए।

सेवा प्रवाहमा प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले सुशासनसहित जनजीविकाका क्षेत्रमा पनि अपेक्षा गरेअनुसार काम नभएको बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १ : ५६ बजे

जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनको छानबिन

भेरी अस्पताल र खजुरा क्यान्सर अस्पतालले पायो विकास समितिको अध्यक्ष

नेपालगन्ज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेमा रहेका दुई

राष्ट्रसंघ भ्रमणबारे परराष्ट्रमन्त्रीले गराए सदनलाई जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : नेकपा उपनेता हमाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले