१ पुस २०८२, मंगलबार | December 16, 2025

खजुरा गाँउपालिकाले ल्यायो ८५ करोड ७२ लाखको बजेट, १२ प्राथमिक लक्ष्य र उद्देश्य (पूर्णपाठ)



खजुरा । खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले आव ०८२/८३ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् ।

सभामा बजेट प्रस्तुत गर्दै उनले चालु खर्च तर्फ ६८ करोड १२ लाख ५९ हजार ३७१ र पुंजिगत तर्फ २७ करोड ५९ लाख ७२ हजार १९० बिनियोजन गरेकी छन् । बजेटमा विकास खर्चमा ३८ करोड १६ लाख ३१ हजार ५७१ प्रस्ताव गरिएको छ ।

कार्यक्रममा बजेट वक्तब्य पढ्दै उपाध्यक्ष मल्लले आर्थिक वर्ष २०८१/८२ को आन्तरिक राजश्वको अनुमान रु.३ करोड गरिएकोमा रु. १ करोड ८१ लाख मात्र संकलन भएको जानकारी दिइन् ।

खजुरा गाउँपालिकाको चालु आ.व.२०८१/८२ मा चालु तर्फ ५७ करोड १७ लाख २५ हजार ९ सय ०९ र पुजीगत तर्फ २० करोड ८३ लाख ६६ हजार ८ सय ४९ पैशा ५७ गरि कुल ७८ करोड ९२ हजार ७ सय ५५ पैशा ५७ कल विनियोजन भएकोमा हाल सम्म ६७ करोड ५२ हजार १ सय ९५ पैशा ६१ रकम प्राप्ती भएको उनले बताइन् । कुल अनुमानको ८५.८९ प्रतिशत प्राप्ती भएको उनले बताइन् । उनले आ.व.२०८१/८२ मा बजेटमा कुल बजेटको ९० प्रतिशत खर्च हुने संसोधन अनुमान गरिएको बताउँदै यस तर्फ गाउँपालिकाको सम्पूर्ण ध्यान केन्द्रित भएको बताइन् ।

उपाध्यक्ष मल्लले स्रोत साधनको समुचित परिचालन मार्फत खर्चलाइ उपलब्धिमुलक र नतिजामुलक बनाई समावेशी उच्च दिगो र फराकिलो आर्थिक विकास हासिल गर्ने चुनौती पालिका सामु रहेको उल्लेख गरिन् ।
पूर्णपाठ :

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : १३ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष