४ पुस २०८२, शुक्रबार | December 20, 2025

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु



काठमाडौं । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको मृत्यु भएको छ ।

सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६४ वर्षीय आशाकाजी महर्जनको आज मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैबीच, आजै ललितपुर महानगरपालिका–१८ नख्खुस्थित विष्णु पहेलीले सञ्चालन गरेको बिटी सुज सेन्टरमा करेन्ट सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको पनि उनले बताए ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको