७ आश्विन २०८३, बुधबार | September 23, 2026

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु



कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.ले निर्माण गरिरहेको सरकारी भवनको सभाहलमा फार्मा सेटिङका लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया ठाकुरबाबा नगरपालिका–२ का ३५ वर्षीय सरोज थारुको ज्यान गएको प्रहरीले जनाएको छ।

थारु कावासोती नगरपालिका–२ मा डेरा गरी बस्दै आएका थिए र सोही कन्ट्रक्सन कम्पनीमा मिस्त्रीको रूपमा कार्यरत थिए।

करेन्ट लागेपछि गम्भीर घाइते भएका थारुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएकोमा आज दिउसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  २ : ५४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११