काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न वकिलहरुको बिग्रेडै तयार भएको छ । उनको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्।
नेपाल आज बयान दिन विशेष अदालतमा उपस्थित भएका थिए । न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान लिने काम सकिइसकेको छ । अब थुनछेक प्रक्रिया अघि बढ्ने भएपछि पक्षमा वकालत गर्न वरिष्ठ वकिलहरु तयार भएका हुन् ।
वरिष्ठ अधिवक्ताहरू विश्वकान्त मैनाली, शम्भु थापा, गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, डा. चन्द्रकान्ता ज्ञवाली, हरिहर दाहाल, बाबुराम दाहाल, प्रेमबहादुर खड्का, खम्बबहादुर खाती, ललित बस्नेत, एकराज भण्डारी लगायत १०९ जति वकिलहरुले नाम लेखाएका हुन् । यीमध्ये पाँचसात जनाले मात्र बहस गर्ने सम्भावना रहेको छ ।


















प्रतिक्रिया