२९ असार २०८३, सोमबार | July 13, 2026

माधव नेपालको पक्षमा बहस गर्न वकिलहरुको ‘ब्रिगेड’ तयार



काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न वकिलहरुको बिग्रेडै तयार भएको छ । उनको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्।

नेपाल आज बयान दिन विशेष अदालतमा उपस्थित भएका थिए । न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान लिने काम सकिइसकेको छ । अब थुनछेक प्रक्रिया अघि बढ्ने भएपछि पक्षमा वकालत गर्न वरिष्ठ वकिलहरु तयार भएका हुन् ।

वरिष्ठ अधिवक्ताहरू विश्वकान्त मैनाली, शम्भु थापा, गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ,  टीकाराम भट्टराई, डा. चन्द्रकान्ता ज्ञवाली, हरिहर दाहाल, बाबुराम दाहाल, प्रेमबहादुर खड्का, खम्बबहादुर खाती, ललित बस्नेत, एकराज भण्डारी लगायत १०९ जति वकिलहरुले नाम लेखाएका हुन् । यीमध्ये पाँचसात जनाले मात्र बहस गर्ने सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ४१ बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा