२ पुस २०८२, बुधबार | December 17, 2025

माधव नेपालको पक्षमा बहस गर्न वकिलहरुको ‘ब्रिगेड’ तयार



काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको पक्षमा बहस गर्न वकिलहरुको बिग्रेडै तयार भएको छ । उनको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन्।

नेपाल आज बयान दिन विशेष अदालतमा उपस्थित भएका थिए । न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान लिने काम सकिइसकेको छ । अब थुनछेक प्रक्रिया अघि बढ्ने भएपछि पक्षमा वकालत गर्न वरिष्ठ वकिलहरु तयार भएका हुन् ।

वरिष्ठ अधिवक्ताहरू विश्वकान्त मैनाली, शम्भु थापा, गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ,  टीकाराम भट्टराई, डा. चन्द्रकान्ता ज्ञवाली, हरिहर दाहाल, बाबुराम दाहाल, प्रेमबहादुर खड्का, खम्बबहादुर खाती, ललित बस्नेत, एकराज भण्डारी लगायत १०९ जति वकिलहरुले नाम लेखाएका हुन् । यीमध्ये पाँचसात जनाले मात्र बहस गर्ने सम्भावना रहेको छ ।

 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ४१ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि