१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषजनक नरहेको संसदीय समितिको निष्कर्ष



काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको प्रगति सन्तोषनक नरहेको निष्कर्ष निकालेको छ ।

समितिको बुधबार बसेको बैठकमा आयोजनाको हालसम्मको प्रगति विवरण सन्तोषजनक नरहेकाले सो परियोजनासँग सम्बन्धित दस्तावेजनको विस्तृत अध्ययन गर्ने निर्णय गरेको छ ।

बैठकले सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग थप छलफल गर्ने निर्णय गरेको समिति सभापति दिपकबहादुर सिंहले जानकारी दिए । “आयोजनाको प्रगति १ प्रतिशत मात्रै देखियो, केकति कारणले न्यून प्रगति भएको हो भनेर बैठकमा छलफल भयो”, उनले भने, “सो सम्बन्धमा सम्बन्धित मन्त्रीसँग थप जानकारी लिने र अध्ययनका लागि आयोजनासँग सम्बन्धित थप कागज मगाउने निर्णय भयो ।”

बैठकले राष्ट्रिय गौरवका आयोजनामा आयोजना प्रमुखको नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ । सो आयोजनामा नौ महिनासम्म आयोजना प्रमुख नतोकिएको पाइएको छ । सो आयोजनाको ठेकेदार कम्पनीमा रमन कन्स्ट्रक्सन जेभी पेटल कम्पनी रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ८ : १३ बजे

सरकारको ‘विभेदकारी विज्ञापन नीति’ अवज्ञा गर्न स्थानीय तहलाई आह्वान

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको ‘विभेदकारी विज्ञापन

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल