१० चैत्र २०८२, मंगलबार | March 24, 2026

गण्डकीका मुख्यमन्त्रीले पत्रकारिता विरोधी अभिव्यक्ति दिएको भन्दै प्रेस सेन्टरको आपत्ति



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशाप्रति चेतावनीपूर्ण र आक्षेपयुक्त अभिव्यक्ति दिएको भन्दै प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ।

सूचनाको हकको लागि राष्ट्रिय महासंघले असार १० गते पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले “हामीले ल्याएको लोकतन्त्र सजिलै गुम्न सक्छ, पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ। तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ,” जस्ता अभिव्यक्ति दिएका थिए। उनले एकजना पत्रकार योजनाको माग गर्न आएको प्रसंग जोड्दै “योजना नपाएको भन्दै सारा बजेट खत्तम भयो, मुख्यमन्त्रीले खायो भनेर न्यूज आइरहेको छ,” भन्ने गुनासोसमेत राखेका थिए।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले मुख्यमन्त्री पाण्डेको उक्त अभिव्यक्तिले समग्र पत्रकारिता पेशामाथि नै आक्षेप लगाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। समितिको भनाइमा, ‘राज्य र समाजका हरेक विषयमा तथ्य र प्रमाणका आधारमा आलोचना गर्न पाउने पत्रकार र नागरिकको संविधानप्रदत्त अधिकारमाथि हमला गर्ने खालको चेतावनी अस्वीकार्य छ।’

समितिले मुख्यमन्त्री पाण्डेसँग आफ्नो अभिव्यक्ति तत्काल सच्याउन माग गर्दै लोकतन्त्रको खोल ओढेर प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गतिविधि असह्य हुने चेतावनी दिएको छ। साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्दै जिम्मेवार र मर्यादित पत्रकारितामार्फत् राज्यलाई खबरदारी गर्न सक्ने वातावरण निर्माण गर्न समेत सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

 

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : ४७ बजे

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको