१९ असार २०८३, शुक्रबार | July 3, 2026

माओवादी निकट प्रेस सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कार घोषणा



काठमाडौं । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा बिभिन्न बिधामा पुरस्कार प्राप्त गर्नेको नाम सार्बजनिक गरेको छ ।

आगामी चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कारको घोषणा गरेको हो ।

महासचिव सन्तोष पौडेलका अनुसार नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने सञ्चारकर्मीहरूलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिले जानकारी दिएको छ । जसअन्तर्गत यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको छ ।

त्यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई,  बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार (राजेन्द्र ढकाल बेपत्ता योद्धा सन्तति) मञ्जिमा ढकाललाई प्रदान गरिने भएको छ ।

प्रदेशतर्फ मधेश प्रदेश समिति र उत्कृष्ट जिल्ला समितितर्फ रोल्पालाई, क्रियाशीलतर्फ प्रेस सेन्टरले कोशी प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास आर्य ठाकुर, बागमती प्रदेशबाट सिर्जना गोले, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली, लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती, सुदूरपश्चिम प्रदेशबाट हरि जोशी, उपत्यका प्रदेशबाट विनोद दाहाल, एसोएसिएट प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाईं र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत हुने भएका छन ।

महासचिव पौडेलका अनुसार १६ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको उद्घाटन गर्दैछन् । महाधिवेशनले संगठनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ११ : ४९ बजे

रोमाञ्चक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको निर्णायक

पूर्वसांसद कोइरी पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला-२

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार

देशभर मनसुनी प्रभाव कायम, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि