१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी विद्यार्थीलाई सचेतना कार्यक्रम सम्पन्न



बुटवल । ३८ औँ अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले विहिबार विद्यार्थीलाई सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर अन्तरगत रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई लागूऔषध दुर्व्यसन र यसबाट बच्ने उपाय बारे सचेतना गराएको हो । बुटवल उपमहानगरको खेलकुद बिकास समितिको आयोजनामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले लागू औषध दुर्व्यसन सम्बन्धी राज्यले थप कडा नियम बनाउनु पर्ने बताए । दुर्व्यसनीबाट बालबालिकालाई बचाउन विद्यालय तथा समाजमा दिइने शिक्षाले मात्रै नपुग्ने बताउँदे उनले सबैभन्दा पहिले घरबाट संस्कार सिक्न र त्यसका लागि अभिभावकले वातावरण सिर्जना गर्नुपर्ने बताए । पछिल्लो समय बुटवल लागूपदार्थ अवैध ओसारपसारको ट्रान्जिट पोइन्ट बन्दै गएको उल्लेख गर्दै पाण्डेयले त्यस्ता कडा निगरानी र कारोबारमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह समेत गरे । गलत बाटोमा लाग्ने जो कोहीलाई शक्ति र पहुँचका आधारमा छुट दिन नहुने उल्लेख गरे ।

बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको पहिलो पाठशाला घर भएका कारण घरबाटै नैतिक शिक्षा सिकाउन आवश्यक भएको बताए । यसैगरी साथी सर्कलबाट पनि बालबालिका तथा युवाहरु दुर्व्यसनमा लाग्ने गरेको बताउँदै उनले गलत व्यक्ति र आचरणबाट सधै सचेत हुनुपर्नेमा जोड दिए । लागूपदार्थ दुर्व्यसनमा लागेपछि परिवार तथा समाजबाट ताढा हुने मात्र नभई आफ्नो अमूल्य जीवन र त्यसको महत्व पनि गुमाइने भएकाले सचेत हुनुपर्ने उल्लेख गरे ।

बुटवल उपमहानगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायव उपरीक्षक इन्द्र राना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने र ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : ५९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष