२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पत्रकार शम्भुलाल श्रेष्ठलाई २५ हजार धरौटीमा छाड्न आदेश



काठमाडौँ । विशेष अदादतले वरिष्ठ पत्रकार शम्भुलाल श्रेष्ठलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको छ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा ’दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग २५र२५ हजार रुपैयाँ धरौटीमा छाडन अदालतले आदेश गरेको हो ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

दृष्टि न्युजमा गत असार ८ गते ’विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा प्रकाशित समाचारलाई आधार बनाउँदै उक्त समाचारले अदालतको अवहेलना गरेको आरोपमा नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

असार ९ गते विशेषको बृहत् इजलासले सम्पादकसहित ३ जनालाई समाचार नहटाई ३ दिनभित्र बयानमा आउन आदेश दिएको थियो । बयानका क्रममा अध्यक्ष श्रेष्ठले विशेष संवाददाता नरहेको र उक्त सामग्रीको जिम्मेवारी कार्यकारी सम्पादकमा रहने बयान दिएका थिए ।

श्रेष्ठले उल्लेख गरेका साक्षीलाई असार १५ गते बिहान १० बजे बकपत्रका निम्ति अदालतमा पेस गर्न पनि आदेशमा भनिएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : २२ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा