२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द



मुस्ताङ । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।

“हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उनले भने ।

समिट एअरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एअरलाइन्सका स्टेशन इञ्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा(जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जाकारी दिए ।

“अहिले यस रुटमा हवाई उडान दैनिक मुस्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्”, उनले भने ।

जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा(जोमसोमका लागि तारा एअरले उडान स्थगित गरेको र समिट एयरले पनि केहीदिनमा स्थगित गर्ने जनाएको बताए ।

बर्खायाम सुरु हवाईमार्ग मात्रै होइन सडकमार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : ५७ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर