१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद



वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ ।

सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै गत आर्थिक वर्षको १२ महिनाको तुलनामा चालु आवको असार १० गतेसम्मको अवधिमा भने तीन करोड ९० लाख ४४ हजार छ सय ६ मूल्य पर्ने भन्सारछली तथा बिलबीजक नभएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका गणपति राधेश्याम धिमालले गत आव भरिको तुलनामा चालु आर्थिक वर्षको ११ महिना १० दिनको अवधिमा भन्सार छली गरेर भित्राइने वस्तु तथा सामानको बरामद उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिए ।

‘‘गत आव भरिमा भन्सार छली गरेर भित्रिएका १४ करोड ९९ लाख पाँच हजार पाँच सय २८ मूल्य बराबरका अवैध समान वीरगन्ज भन्सार कार्यालयलाई बुझाएका थियौं,’’ उनले भने, ‘‘चालु आवमा भने भन्सार छली गरेर भित्रिएका २७ करोड ५६ लाख ५६ हजार चार सय ८७ रकम मूल्य पर्ने अवैध सामान भन्सार वीरगञ्ज कार्यालयमा दाखिला गरेका छौं ।’’ गणपति धिमालले सशस्त्र प्रहरीले भन्सार कार्यालयसँगको सहकार्यमा शंकास्पद गोदामको नियमित अनुगमनको क्रममा भन्सार छलीका सामान बरामद हुने क्रम ह्वातै बढेको बताए । ‘‘हामीले भन्सार छली गरेर ल्याउनेलाई सुक्ष्म निगरानीमा राख्दै आइरहेका हुन्थ्यौं,’’उनले भने, ‘‘भन्सार कार्यालयसँगको समन्वयमा छापा मार्दा पनि उल्लेखनीय मात्रामा भन्सार छलीका सामान बरामद भएका हुन् ।’’

सशस्त्र प्रहरीले बिलबीजक नभएका सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयाँ बुझाउँदै आइरहेको छ । सशस्त्र प्रहरीले चालु आवको जेठ १० गतेसम्मको अवधिमा बिलबीजक नभएका १० करोड ७१ लाख २३ हजार चार सय तीन मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको छ । जबकी गत आवभरिमा भने सशस्त्र प्रहरीले बिलबीजक अनुसार नभएका १९ करोड ३८ लाख २९ हजार सात सय ५६ मूल्य पर्ने सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जनाएको छ । गणपति धिमालले सीमा सुरक्षामा खटिने प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा पनि तिव्रता पाएको बर्ताए ।

‘‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपाट्र्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’’ उनले भने, ‘‘पछिल्लो समय सशस्त्र प्रहरीले सीमा नाकामा सीसीक्यामेरा, नाकामा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आएकाले पनि अवैध सामानको बरामद हुने क्रममा तिव्रता पाएको हो ।’’ सशस्त्र प्रहरीले चालु आवमा स्रोत नखुलेको (हुण्डी) एक करोड १५ लाख ९४ हजार पाँच सय २२ रकम पनि बराबद गरेको छ । गत आव भरिमा सशस्त्र प्रहरीले रु ७९ लाख २६ हजार दुई सय ६५ स्रोत नखुलेको रकम बरामद गरेको छ । त्यस्तै चालु आवमा ४२ लाख मूल्य पर्ने एक हजार पाँच सय ९६ क्यूफिट काठ बरामद गरेको छ । गत आवभरिमा भने ४० लाख ९३ हजार तीन सय ५५ मूल्य पर्ने एक हजार पाँच सय ५४ क्यूफिट काठ बरामद गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ०३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा