२ पुस २०८२, बुधबार | December 17, 2025

पार्टी अध्यक्षमाथि षड्यन्त्रको डटेर सामना गरौं : मेटमणि चौधरी



बुटवल । नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि विपक्षीहरुले षड्यन्त्र गरेर मुद्धा चलाएकाले यसका विरुद्ध डटेर सामना गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनी र रुपन्देहीको संयुक्त भेलालाई शनिबार रुपन्देहीको तिलोत्तमामा सम्बोधन गर्दै उपमहासचिव चौधरीले यस्तो बताएका हुन् ।

उनले माधव नेपाल पनि केपि ओली र अन्य नेता जस्तै हो भन्ने जबरजस्ती स्थापित गर्न षडयन्त्रपूर्वक पञ्तञ्जलीको बिषयमा मुद्धा चलाएको बताए । अख्तियार आफैले तामेलीमा राखिसकेको पतञ्जलीको बिषयलाई प्रतिशोधकै कारण ब्यूत्याउने काम भएको उनको टिप्पढाी छ । तत्तकालिन समयमा नेकपा एकिकृत समाजवादी पार्टी निर्माणका बेलामा वालुवाटार र ललितानिवासमा जोडेर बदनाम गराउन खोजेको स्मरण गर्दै अहिले जबरजस्ती माधव नेपालमाथि प्रहार गरिएको बताए ।

‘अख्तियारले तामेलीमा राखिसकेको, संविधानमा समेत नीतिगत निर्णयका बिषयमा अख्तियारको क्षेत्राधिकारमै पर्दैन’ उनले भने, – ‘विपक्षीहरुले जबरजस्ती मुद्धा अगाडि बढाएका हुन् ।’ उनले विपक्षीहरुले पार्टी अध्यक्षमाथि प्रहार गरिरहदा पार्टीभित्रैबाट खिसिटयूरी गर्ने काम भएको भन्दै आपत्ती जनाए । उनले माधव कुमार नेपाललाई मुद्धा लगाउने काम ठिक मान्नेहरु विपक्षीको पाउमा पर्टी बुझाउन खोजेको टिप्पणी गरे ।

‘ यस्तो बेला डटेर मुकाविला गर्ने हो, नैतिकताको नाममा राजीनामा दिने र भाग्ने कुरा विल्कुलै ठिक हुँदैन’ – उनले भने – ‘नबिराउनु नडराउनू, दुश्मनहरुसँग एकजुट भएर मुकाविला गरौं ।’ उनले आफूहरु विद्रोहबाट स्थापित भएकाले पार्टीले ८४ को निर्वाचनसम्म आफूलाई बलियो बनाउने दावी गरे । दैशैभर युवाहरुको एकिकृत समाजवादीमा आर्कषण रहेको समेत बताए ।

पार्टीमा करेक्सन गराैं : रामकुमारी झाक्री

यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य रामकुमारी झाक्रीले पार्टीमा करेक्सन गर्नुपर्ने बताईन । उनले पार्टी अध्यक्षमाथि उठेको सवैधानिक र कानुनी समस्याबारे अर्ली महाधिवेशन गरेर समाधान गर्नुपर्ने मत राखिन ।

नेतृत्वमा एउटै व्यक्ति भइरहदा ‘मास फरेस्टेशन’ भएको समेत बताईन । उनले अब पार्टीलाई करेक्सन गर्दै नजाने हो भने असन्तुष्टिहरु बढ्दै जादा अराजकहरुको हातमा राजनीति जान सक्ने संकेत गरिन । उनले पछिल्लो समय भएका राजनीतिक परिवर्तनले केही पनि गरेन भनेर भन्नलाई सजिलो भएपनि त्यसलाई चिर्ने गरी काम गर्ने पार्टी र नेता चाहिएको बताईन ।

उनले सत्तामा जाने र ओलर्न क्रम जारी रहेको बताउँदै अब जिम्मेवारी राजनीति आवश्यक रहेको बताईन । ‘आम रुपमा अराजकता छ, पुराना नेता र सिस्टमलाई गलत देखाएर पञ्चायतका प्रेतआत्माहरु जागेर व्यवस्थका विरुद्ध बोलेका छन्, अब सोच्नुपर्दैन’ उनले भनिन । उनले पुर्नउत्थानबादी शक्तिहरुले खुलेआम गणतन्त्रका विरुद्ध बोल्ने अवस्था किन आयो भनेर दलहरु र राजनीतिज्ञहरुले करेक्सन गर्नुपर्ने बेला आएको बताईन । उनले अब यी सबै कुराहरुबाट शिक्षा लिदै पार्टीलाई नयाँ ढंगले लैजाने संकल्प गर्नुपर्ने बेला आएको बताईन ।

यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष अब्लुद हुसेन खाँन, पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडे, पार्टी रुपन्देही अध्यक्ष हिराध्वज शाह, लुम्बिनी महासचिव नारायण शर्मा लगायतले बोलेका थिए । भेलाका अवसरमा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई उपमहासचिव चौधरीले स्वागत गरेको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ३१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष