४ पुस २०८२, शुक्रबार | December 19, 2025

पर्वतको नेपानेमा जीप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते



पर्वत । पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार जीप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा फलेवास –७ का ३४ वर्षीय विक्रम सुनार, वडा नं ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ३५ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा