१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अध्यक्ष प्रचण्डबाट राष्ट्रिय धान दिवस-२०८२ को शुभकामना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १५ लाई नेपालको गौरवशाली कृषि संस्कृतिको प्रतीक बताएका छन् । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा नेपाली कृषक जनसमुदायलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले धानबाली नेपालको प्रमुख खाद्यबाली मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्वपूर्ण कडी भएको बताएका छन् ।

उनले नेपालको कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान रहेको धानबाली राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै यस वर्षको नारा “धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” ले धान खेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने जनाएका छन् ।

अध्यक्ष प्रचण्डले समयमा मल, बीउ र सिँचाइको अभावले किसानहरूले ठूलो कठिनाइ भोगिरहनु परेको जनाउँदै आफुले नेतृत्व गरेको सरकारको समयमा रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका स्मरण समेत गरेका छन् । “ठूला, मझौला र साना सिँचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्‍याउन सघन प्रयास गरेका थियौं। तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको छ,” उनले शुभकामना सन्देशमा लेखेका छन्, “आज धान दिवसका अवसरमा म धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दछु। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धान खेतीमा परनिर्भरताको अन्त्य जरुरी छ। यस विषयमा गम्भीर बनेर किसानहरूलाई न्याय गर्नसमेत सरकारसँग आग्रह गर्दछु।”

आफुहरु प्रतिपक्षमा रहेर किसानका मुद्दालाई जोडतोडले उठाउँदै सरकारलाई जवाफदेही बनाउन कटिबद्ध रहेको प्रचण्डको भनाई छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : १४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो