१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अध्यक्ष प्रचण्डबाट राष्ट्रिय धान दिवस-२०८२ को शुभकामना



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १५ लाई नेपालको गौरवशाली कृषि संस्कृतिको प्रतीक बताएका छन् । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा नेपाली कृषक जनसमुदायलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले धानबाली नेपालको प्रमुख खाद्यबाली मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्वपूर्ण कडी भएको बताएका छन् ।

उनले नेपालको कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान रहेको धानबाली राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै यस वर्षको नारा “धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” ले धान खेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने जनाएका छन् ।

अध्यक्ष प्रचण्डले समयमा मल, बीउ र सिँचाइको अभावले किसानहरूले ठूलो कठिनाइ भोगिरहनु परेको जनाउँदै आफुले नेतृत्व गरेको सरकारको समयमा रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका स्मरण समेत गरेका छन् । “ठूला, मझौला र साना सिँचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्‍याउन सघन प्रयास गरेका थियौं। तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको छ,” उनले शुभकामना सन्देशमा लेखेका छन्, “आज धान दिवसका अवसरमा म धान बालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दछु। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धान खेतीमा परनिर्भरताको अन्त्य जरुरी छ। यस विषयमा गम्भीर बनेर किसानहरूलाई न्याय गर्नसमेत सरकारसँग आग्रह गर्दछु।”

आफुहरु प्रतिपक्षमा रहेर किसानका मुद्दालाई जोडतोडले उठाउँदै सरकारलाई जवाफदेही बनाउन कटिबद्ध रहेको प्रचण्डको भनाई छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले