३१ असार २०८३, बुधबार | July 15, 2026

सञ्चालक बीचको विवादले ‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प



नेपालगन्ज । सञ्चालकहरूको आन्तरिक विवादले नेपालगन्जको धम्बोझीस्थित वाटर पार्कमा पर्यटन प्रवर्द्धनका गतिविधि रोकिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१ र १८ मा अवस्थित वाटर पार्क सञ्चालनको जिम्मा पाएको बोटे बोरा प्रालिका सञ्चालक बीचको विवादले विगत एक वर्षदेखि वाटर पार्कमा जलयात्रालगायत पर्यटन प्रवर्द्धनका गतिविधि ठप्प छन् ।

काठमाडौँ महानगरपालिका–२६ निवासी बोटे बोरा प्रालिका सञ्चालकबीचमा नेपालगन्जको वाटरपार्कमा मोटरबोट डुङ्गा सञ्चालनका लागि ५०–५० प्रतिशत सेयर लगानीको सम्झौता भएको जनाइएको छ ।

वाटरपार्कमा जलयात्राका लागि दुईथान मोटरबोट सञ्चालन हुँदै आएकामा सञ्चालकहरूबीचको आन्तरिक कलहले हाल एक थान मात्र मोटरबोट सञ्चालन हुँदै आएको छ । नेपालगन्ज उपमहानगरपालिकाबाट वार्षिक रु २४ लाखमा १० वर्षका लागि वाटरपार्क सञ्चालनको सम्झौता भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वाटरपार्कलाई आन्तरिक पर्यटकीय क्षेत्र बनाउन निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिएको बताए । वाटरपार्क सञ्चालनको जिम्मा पाएका सञ्चालकबीच असमझदारी सृजना भएको जानकारी आफूसँग आएको उल्लेख गर्दै उनले सञ्चालकबीचको विवादले ताललाई अस्तव्यस्त बनाउन नहुनेमा आफू सजग रहेको बताए । रासस

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : २८ बजे

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ बागखोरका पहिरो विस्थापित

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

नवलपरासी । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष