२२ चैत्र २०८२, आइतबार | April 5, 2026

बुटवलमा धुमधामका साथ मनाइयो धान दिवस (फोटो फिचरसहित)



बुटवल । ‘धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित २२ औं राष्ट्रिय धान दिवस बुटवलमा विशेष कार्यक्रमका साथ धुमधामका साथ मनाइएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १९ मनोहरापुर र वडा नं. १६ नरेनापुरमा छुट्टाछुट्टै कार्यक्रम गरी धान दिवस मनाइएको हो ।

दिवसको आइतबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् । सो अवसरमा नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर धान दिवसलाई उत्सवकै रूपमा मनाइएको बताए ।

उक्त अवसरमा प्रमुख अतिथिको रूपमा सहभागी बुटवल उपमहानगरपालिकाका प्रमुख श्री खेलराज पाण्डेयले धान खेती नेपालको कृषि क्षेत्रको मेरुदण्ड भएको बताउँदै कृषिमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुदान, बीउबिजन तथा सिँचाइ प्रणालीमा सुधार आवश्यक रहेको बताए । उनले भने, “नेपालमा कृषि क्षेत्रको विकास नगरी समृद्धि सम्भव छैन । धान दिवस केवल हिलो खेल्ने पर्व होइन, यो दिन हामीलाई कृषिप्रति सम्मान र वैज्ञानिक सोच विकास गर्ने अवसर हो ।”

उनले नगरभित्रको बारी र बाँझो जमिन सदुपयोग गरी उत्पादन बढाउने नीतिमा उपमहानगर लागेको उल्लेख गर्दै कृषि अनुदान, तालिम तथा सहजीकरणमा स्थानीय सरकार सदैव किसानसँगै रहने प्रतिबद्धता जनाए ।

कार्यक्रमका विशिष्ट अतिथि उप-प्रमुख सावित्रा देवी अर्यालले कृषि क्षेत्रमा महिलाको योगदानलाई विशेष रुपमा सम्बोधन गर्नुपर्ने बताइन् । उनले भनिन्, “महिला किसानको श्रम बिना हाम्रो खाद्य सुरक्षाको कल्पना गर्न सकिँदैन। तर उनीहरूको श्रमको मूल्यांकन अझै हुन सकेको छैन । अबको आवश्यकता उनीहरूको सीप अभिवृद्धि र पहुँच वृद्धि हो ।”

उनले उपमहानगरपालिकाले महिला किसान लक्षित कार्यक्रमहरू अघि सारेको र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

बुटवल उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष चन्द्रसिं थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा, वडा नं ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी, वडा नं ९ का अध्यक्ष प्रदिप श्रेष्ठ, उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख तुल्सा अर्याल, कृषि शाखा प्रमुख सोमन प्रसाद कुर्मीलगायत सयौं कृषक,टोल विकास संस्था, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,कर्मचारीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रममा स्थानीय किसानहरूले परम्परागत भेषभूषामा सजिएर धान रोपाइँको प्रदर्शन गरेका थिए । साथै, महिला समूहहरूले कृषि गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । कार्यक्रममा पञ्चेबाजा, मयुर नाचलगायत विभिन्न किसिमका झाँकी समेत प्रदर्शन गरिएको कार्यक्रम संयोजक लक्ष्मी थारूले जानकारी दिइन् ।

फोटो फिचरसहित

 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ४ : ५७ बजे

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य