२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

पूर्व सांसद गोविन्दप्रसाद कँडेलको निधन



बागलुङ । पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । कँडेलको ८७ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

चितवनदेखि काठमाडौं उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक छोरी छन् । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए ।

कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए । हाल उनी जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य थिए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ०९ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा