१३ भदौ २०८३, शनिबार | August 29, 2026

शिक्षा विधेयकमा ढिलाइ भए कडा आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी



काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा ढिलाइ र षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा असार १५ भित्र विधेयक पारित गर्ने सहमति हुँदाहुँदै पनि प्रक्रिया अघि नबढाइएकामा गम्भीर आपत्ति जनाइएको छ।

गत वैशाख १७ गते राजधानी केन्द्रित २९ दिनसम्म राजधानी केन्द्रित विशाल शिक्षक आन्दोलनपछि महासंर सरकारबीच गत वैशाख १७ गते सहमति भएको थियो । सहमतिमा सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता जनाएको थियो। तर आफैले गरेको सहमतिको म्याद सकिँदा पनि सरकारले विधेयक पारित गर्नका लागि संसदमा प्रस्तुत नगरे देशभरका शिक्षक र कर्मचारीहरूमा गहिरो आशंका र आक्रोश उत्पन्न भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ११ : ४० बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी