४ पुस २०८२, शुक्रबार | December 19, 2025

कञ्चनपुरमा डुबानमा परेको परिवारको उद्धार



कञ्चनपुर । गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित रूपमा विद्यालयमा सारिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

“वर्षा हुने क्रम निरन्तर जारी रहेकाले खोला नालामा माछा मार्न हिँड्डुल गर्न तथा जथाभाबी घर बाहिर नजानका लागि आग्रह गरेका छौँ”, उनले भने, “डुबान तथा कुनै क्षति हुन गएमा नजिकको प्रहरी चौकीमा खबर गर्नका लागि स्थानीयसँग अनुरोध गरेका छौँ ।” उहाँका अनुसार महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा तल ६५ हजार चार सय ९० क्यूसेक रहेको छ ।

मोहना, चौधर, स्याली, सुनवोरालगायत नदीमा पानीको बहाव उच्च रहेको छ । मानवीय र चौपाया क्षति भने अहिलेसम्म नभएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै जिल्लाको अधिकांश स्थानमा भारी वर्ष भएको र थप वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्म उच्च सर्तकताका साथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : ०४ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका