९ श्रावण २०८३, शनिबार | July 25, 2026

बुटवल पब्लिक स्कुलद्वारा एसइइ उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान



बुटवल । रुपन्देहीको तिलोत्तमा-३ स्थित बुटवल पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच विद्यालयका संस्थापक प्राचार्य हेमलाल शर्मा, तिलोत्तमा नगरपालिका वडा न. ३, शिक्षा समन्वय ईकाइकी चुडाकुमारी विष्टले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

एसइइ मा सहभागि विद्यार्थी मध्ये श्रीसा न्यौपानले ४ जिपिए ल्याएकी थिइन भने इन्कृशा भट्टराईले ३.९५ जिपिए प्राप्त गर्नुभएको थियो । यस्तै ३.६ देखि ४ सम्म ल्याउने १७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने १९ जना, २.८ देखि ३.२ सम्म ल्याउने २६ र २.४ देखि २.८ सम्म ल्याउने ५ जना रहेको विद्यालयका सह-प्राचार्य रामचन्द्र पौडेलले बताए ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी तिलोत्तमा नगरपालिका वडा न. ३, वडा शिक्षा समन्वय ईकाइ की चुडाकुमारी विष्टले एसईई उत्तीर्ण विद्यार्थीहरुले अब जीवन उपयोगी शिक्षा आर्जन गर्नुपर्ने बताइन ।

एसईई परीक्षा जीवनको पहिलो परीक्षा भएको र अब यस्तो परीक्षा धेरै पटक दिनुपर्ने भन्दै आफुलाई आत्मविश्वासिलो बनाउँदै सिप आर्जन गर्ने शिक्षालाई प्राथमिकता दिनुपर्ने बताइन ।

विद्यालयका संस्थापक प्राचार्य हेमलाल शर्माले शिक्षक, विद्यार्थी र अभिभावकहरुको भूमिका महत्वपूर्णकै कारण विद्यालयले ऐतिहासिक नजिता ल्याउन सफल भएको बताए । उनले विद्यार्थीहरुलाई कसैको पनि दवावमा विषय छनोट नगरी आफ्नो ईच्छा अनुसार विषय छनोट गरेर अध्यायन गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै ४ जिपिए ल्याएकी श्रीसा न्यौपानेले विद्यालयको सिकाई शैली, प्रयोगात्मक शिक्षामा जोड दिएकै कारण नतिजा उत्कृष्ट आएको बताइन । कार्यक्रममा सिमानगर टोल विकास संस्थाका अध्यक्ष दुर्गा सिन्जाली, अभिभावक नारायण श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रम विद्यालयका सह प्राचार्य राम चन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ५० बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को