१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कुलिङ पिरियडमाथि भएको छेडखानीको छानबिन हुन्छ : सभामुख घिमिरे



काठमाडौं । प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गर्दा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भएको विषयमा सांसदहरुले सभामुख देवराघ घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा पास गरेको कुलिङ पिरियड राख्ने व्यवस्थालाई सभाको बैठकबाट पारित गर्नेबेलामा छेडखानी गरी ‘बाहेक’ भन्ने शब्द घुसाइएको थियो । कर्मचारी अवकाशको दुई वर्षसम्म कुनैपनि निकायमा नियुक्ति खान हुने व्यवस्था कुलिङ पिरियडमा राखिएको थियो । तर, मुख्यसचिव, सचिव र सहसचिवलाई यो कुरा लागू नहुने गरी षड्यन्त्र गरिएको थियो ।

सांसदहरुले सभामुखसमक्ष संसदकै अपमान हुनेगरी गरिएको छेडखानी गर्ने व्यक्तिमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । एमालेका सांसद पदम गिरी र माओावादीका सांसदजनार्दन शर्माले निजामति विधेयकमा गरिएको छेडखानी स्वीकार्य हुन नसक्ने बताए । माओवादीका सांसद शर्माले राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडाले जिम्मेवारी लिनुपर्ने भन्दै उनको राजीनामा माग गरे ।

सभामुख देवराज घिमिरेले कुलिङ पिरियडबारे भएको छेडखानीमाथि छानबिन गरिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ११ : ५७ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई