१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

निजामति विधेयकमा भएको छेडखानीको छानबिन हुनुपर्छ, दोषी देखिए कारवाही भोग्छु : रामहरि खतिवडा



काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड प्रकरण’मा मुख खोलेका छन् ।

सभामुख देवराज घिमिरेसँग सामुहिक छलफल गरी बाहिरिएका खतिवडाले आफुले सो गल्ति नगरेको जिकिर गर्दै यसमा छानबिन हुनु पर्नेमाग समेत अगाडी सारेका छन् । उनले आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई बैठकमा आमन्त्रण गरेको भए पनि नआएकोसमेत बताए ।

‘यो संसदमाथिको ठुलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ पनि हुँदैन, त्यसमा म छानबिन गर्ने पक्षमा नै छु,’ खतिवडाले भने, ‘राजिनामा दिने नदिने कुरा पछि हुन्छ तर पहिला यसमा छानबिन गरौँ न, मेरो दोषी देखिए म तयार नै छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि कारबाही हुनुपर्छ ।’

छानबिन पछि आफनो संलग्नता भेटिएमा कारबाही भोग्न तयार रहेको बताउँदै उनले तीनवटा सर्त राखेका छन । पहिलो, छानबिन हुनुपर्छ, दोस्रो सो बिषयमा छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक बस्दैन र तेस्रो दोषी प्रमाणित भएमा राजिनामा दिन तयार, प्रमाणित नभएमा राजिनामा नदिने ।

समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ । तर, उनले स्विकार र अस्विकार केही पनि गरेका छैनन । उनले यति मात्रै जोड गरेका छन कि यस बिषयमा पहिला छानबिन हुनुपर्छ ।

पारित भएको विधेयकको दफा ८२ ९४ं० मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । यो समितिमा भएको सहमति हो ।

तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२(५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको रहस्योदघाटन भएको हो ।

विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो । तर, त्यसमा थप एक वाक्य थपिएको खुले पछि अहिले तिब्र आलोचना भइरहेको छ ।

 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : ०८ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई