२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए



कर्णाली । तातोपानी गाउँपालिका-८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरीरहेका १३ भेडा पुरिएका छन् । सोमबार दिउँसो ४ः०० बजेको समयमा पाटनमा चरीरहेका भेडालाई पहिरोले पुरेको हो ।

वर्षात्का कारण आएको पहिरोले पुरिएर १३ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती टोप्लाका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरले जानकारी दिए । उनका अनुसार कुहिरोले ढाकिएकोले कति भेडा तथा घोडा मरेको भन्ने यकिन हुन सकेको छैन । कृषकहरूले भने आआफ्ना भेडा जम्मा गरिरहेका छन् । घटनास्थल करिब ८ घण्टा पैदल यात्रा हिड्नुपर्दछ ।

इन्चार्ज बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली घटनास्थलमा पुगिसकेको छ । तातोपानी गाउँपालिका वडा नं ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडाहरू चरीरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताए । उक्त गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आए पनि क्षतिको यकिन विवरण आउन समय लाग्ने बताए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ४२ बजे

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट