३० असार २०८३, मंगलबार | July 15, 2026

एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकी निर्णय



काठमाडौं । अमेरिकी सरकारको निर्णयसँगै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल)लाई निरन्तरताको बाटो खुलेको छ।

अमेरिकी वैदेशिक सहयोग कार्यक्रमअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)लाई विशेष छुट दिँदै कार्यान्वयनलाई अगाडि बढाउने निर्णय भएपछि एमसीए–नेपालले त्यसको स्वागत गरेको हो।

बुधबार जारी विज्ञप्तिमा एमसीए–नेपालले भनेको छ, ‘अमेरिकी वैदेशिक सहायता कार्यक्रम स्थगनको सन्दर्भमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि विशेष छुट दिइएकोमा हामी स्वागत गर्दछौं।’

एमसीए–नेपालले २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन, सडक मर्मत, तीनवटा सबस्टेशन निर्माण र १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण जस्ता पूर्वाधार आयोजनाहरूका लागि मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी०सँग समन्वय गर्दै काम गरिरहेको जनाएको छ।

वैदेशिक सहायता पुनरावलोकनको प्रक्रिया सुरु हुनुअघि नै अगाडि बढाइएको निर्माण कार्यलाई निरन्तरता दिइरहेको एमसीए–नेपालले नेपालका ऊर्जा तथा यातायात पूर्वाधारको विकासमा यी आयोजनाहरू निर्णायक हुने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : १४ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित