२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

लुम्बिनी प्राबिधिक विश्वविद्यालयले तोकिएको स्थान बाहिरै मनायो तेस्रो बार्षिकोत्सव



नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालय, खजुराले तेस्रो बार्षिकोत्सव मनाएको छ । बाँकेको खजुरामा स्थापना हुने भनिएपनि नेपालगन्जमा कक्षा तथा प्रशासनिक कार्य सञ्चालन भैरहेको विश्वविद्यालयले तोकिएको स्थान बाहिर नै तेस्रो बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री एवं सहकुलपति जन्मजय तिमिल्सिनाले उद्घाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले लुम्बिनी प्राविधिक विश्वविद्यालयले गति लिइसकेको र अब व्यवस्थापनलाई बलियो बनाएर जानुपर्ने बताए ।

३३ जना विद्यार्थीबाट सुरु गरेको विश्वविद्यालयमा अहिले दुई सय बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

उपकुलपति प्राडा विनोद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कुलसचिव रेग बहादुर भण्डारीले लुम्बिनी विश्वविद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्न सक्ने दक्ष व्यक्ति उत्पादन गरिरहेको बताए ।

बाँकेको खजुरामा बनाउने निर्णय भएको लुम्बिनी प्राविधिक विश्वविद्यालय अहिले नेपालगन्जमा सञ्चालन भइरहेको छ । स्थानीय सरकार र प्रदेश सरकारबाट विश्वविद्यालयका लागि खजुरा गाउँपालिका वडा नम्बर ८ को झण्डै ८ सय बिगाहा जग्गा भोगाधिकारका लागि सिफारिस गरेपनि संघीय सरकारका मन्त्रालयहरुले फायल अल्झाएका कारण तोकिएको स्थान भन्दा फरक स्थानमा विश्वविद्यालय संचालन हुँदै आएको छ ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले बाँकेको खजुरामा प्रदेश प्राबिधिक विश्वविद्यालय स्थापनाको घोषणा गरेपनि कुलप्रसाद केसी नेतृत्वको सरकारले दाङको बगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा विश्वविद्यालय सार्ने प्रयत्न गरेको थियो । माओवादीको तर्फबाट तत्कालिन सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको नेताहरु र बाँकेका जनप्रतिनिधिहरुको दवावमा प्रदेश सरकार विश्वविद्यालय सार्ने तयारीबाट पछि हटेको थियो ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले भदौदेखि विश्वविद्यालयको प्रशासनिक काम खजुराबाट हुने जानकारी दिए । हाल खजुरा गाँउपालिकाको प्रशासनिक भवन रहेको स्थानमा विश्वविद्यालयको बोर्ड राखिएपनि गाँउपालिका आफ्नो भवनमा नसरेका कारण डिभिजन बन कार्यालय बाँकेको भवनबाट विश्वविद्यालयको दैनिक कार्य संचालन हुँदै आएको छ ।

बार्षिकोत्सवको अवसरमा विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका थिए । पुस्तकालय अधिकृत तेजु कुमारी विष्टले सञ्चालन गरेको कार्यक्रममा डिन निरज केसीले विश्वविद्यालयको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री रत्न खत्री, बादशाह कुर्मी र चन्द्रकेश गुप्तालगायतले विश्वविद्यालयको सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ७ : ३४ बजे

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना

कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई