१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

एसिसी पुरुष यु-१६ : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ९० रनमा रोकेको छ ।

क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३.१ ओभरमा अलआउट गर्दै ९० रनमा रोकेको हो । ९१ रनको चुनौती पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।

मलेसियाका लागि मुहम्मद फतुल मुइनले सर्वाधि ३८ रन बनाउँदा डिज प्याट्रो १० रन थपे । उसका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अभय यादवले चार विकेट हात पारे । १० ओभर बलिङ गर्दा १५ रन दिएर चार विकेट हात पारेका हुन् । शुभम खनालले तीन विकेट हात पारे । १० ओभर बलिङ गर्दा चार मेडन राख्दै १२ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि कप्तान विपिन शर्मा र सचिन भट्टले एकएक विकेट हात पारे ।

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपाल उपाधि दाबेदार टिम हो । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

दोस्रो सेमिफाइनलमा आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो ।

सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १० : ३८ बजे

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल