काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गरेको भन्दै नेपाली यू–१६ राष्ट्रिय टोलीलाई बधाई ज्ञापन गरेका हुन् ।
“एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा सशक्त प्रदर्शन गर्दै उपाधि हासिल गर्न सफल नेपाली यू–१६ राष्ट्रिय टोलीलाई हार्दिक बधाई १ यस गौरवमय सफलताका लागि प्रशिक्षक, व्यवस्थापन समूहलगायत सबैलाई धन्यवाद”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई पराजित गरेको हो ।
प्रतिक्रिया