२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

एसिसी पुरुष यु-१६ : उपाधिका लागि नेपाल सिंगापुरसँग भिड्दै



काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ । फाइनल भिडन्त शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा सुरु हुनेछ ।

साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा समेटेको थियो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

प्रतियोगितामा नेपाल अपराजित छ । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

समूह चरणको पहिलो भेटमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको नेपाल उपाधि उचाल्ने उच्च मनोबलका साथ मैदानमा हुनेछ । सिंगापुर भने प्रतियोगिताको पहिलो भेटको बदला फाइनलमा लिने दाउमा हुनेछ । प्रतियोगितामा नेपाल पराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार चाखेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ३७ बजे

बिहानै मदिराले मातेपछि…

बाजुरा । बूढीनन्दा नगरपालिका-६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय

हात्तीको दाह्रासहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार

हुलाकमार्फत घरघरमै राहदानी

चन्द्रपुर । जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन