३० असार २०८३, मंगलबार | July 15, 2026

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच भिडन्त, ६ प्रहरी घाइते



धनुषा । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान सशस्त्र प्रहरी र तस्कर समूहबीच भिडन्त भएको छ । त्यसक्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवैध सामानको सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीमाथि ठूलो संख्यामा रहेको तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र महिनाथपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको संयुक्त टोलीले एउटा मोटरसाइकल फेला पारेपछि नजिकैको टहरोमा पनि खानतलासी थालेको थियो। सो क्रममा सयदेखि डेढ सय जना जति व्यक्तिहरूले घरेलु हातहतियारसहित ढुंगामुढा गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए।

डिएसपी थापाका अनुसार झडपलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै ४ राउन्ड हवाई फायर समेत गरेको थियो।

झडपमा घाइते भएका ६ जना प्रहरीमध्ये ३ जनाको अवस्था सामान्य छ । अन्य ३ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १० : ०८ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित