२ पुस २०८२, बुधबार | December 17, 2025

एसिसी पुरुष यु-१६ : उपाधिका लागि नेपाल सिंगापुरसँग भिड्दै



काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज सिंगापुरसँग भिड्दै छ । फाइनल भिडन्त शनिबार बिहान ७:४५ बजे मलेसियाको बांगीस्थित क्रिकेट मैदानमा सुरु हुनेछ ।

साविक विजेता नेपाल उपाधि लक्ष्यका साथ मैदानमा हुनेछ। नेपाल सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल पुगेको हो भने हङकङलाई चार विकेटले हराउँदै सिंगापुरले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले मलेसियालाई ९० रनमा समेटेको थियो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

प्रतियोगितामा नेपाल अपराजित छ । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

समूह चरणको पहिलो भेटमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको नेपाल उपाधि उचाल्ने उच्च मनोबलका साथ मैदानमा हुनेछ । सिंगापुर भने प्रतियोगिताको पहिलो भेटको बदला फाइनलमा लिने दाउमा हुनेछ । प्रतियोगितामा नेपाल पराजित टिम हो भने सिंगापुरले नेपालसँगको भेटमा एक हार चाखेको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ६ : ३७ बजे

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु