२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि बिजयता खेलाडीलाई अध्यक्ष प्रचण्डको बधाई



नेपालगन्ज । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएकोमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्चाल मार्फत अध्यक्ष प्रचण्डले उपाधि जित्न सफल गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपालीमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाल मलेसियामा जारी एसिसी पुरुष यु(१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । नेपाल सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

जितको लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गरेको हो ।
नेपालका लागि शुशिल बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिएका थिए ।

नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  २ : ०९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार