२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवलको सिद्देश्वर माविमा ४ जीपीए ल्याउने सुदिक्षासहित ४८ विद्यार्थीलाई सम्मानसहित नगरपरिक्रमा



बुटवल । रुपन्देहीको बुटवलमा अवस्थितत सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण विद्यार्थीलाई शनिबार नगरपरिक्रमासहित सम्मान गरेको छ । विद्यालयबाट ४ जीपीए ल्याउने छात्रा सुदिक्षा सुवेदीसहित ४८ जना विद्यार्थीलाई विद्यालयपरिसरबाट नगरका विभिन्न क्षेत्रमा बाजागाजासहित सम्मानसहित परिक्रमा गराइएको थियो ।

विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ४ जीपीएसहित १५ जना विद्यार्थीले उत्तिर्ण गर्न सफल भएका छन् भने ३३ जना विद्यार्थीले ए, बी प्लस र बी ग्रेडमा उत्तिर्ण हुन सफल भएको प्राचार्य दिनानाथ गिरीले जानकारी दिए । सो अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालयका अध्यक्ष सागर न्यौपानेले अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीको कडा मेहनतले उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गरे । सिद्देश्वर मावि उत्कृष्ट गन्तव्य भएको दाबी गर्दै उनले कक्षा ११-१२ का लागि पनि उपयुक्त वातावरणमा शिक्षा प्रदान गर्न सक्षम रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ०१ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार