काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति गठन गर्न सहमति जुटेको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका सचेतक सहितका नेताहरुबीच शनिबार भएको छलफलमा विशेष संसदीय छानबिन समिति गठन गर्ने सअमति जुटेको हो ।
सचेतकहरुको बैठकले छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समिति ७ सदस्यीय रहनेछ ।
समितिमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २-२ सदस्य रहनेछन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १-१ जना सदस्य रहनेछन् । दलहरुको तर्फबाट समितिमा बस्ने सदस्यहरुको नाम पठाए लगत्तै समितिको बैठक बसेर कार्यआरम्भ हुने समेत बैठकले निर्णय गरेको छ ।
बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो । उनका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्नेछ । समितिलाई १५ दिनको म्याद दिने समेत सहमति कायम भएको छ ।



















प्रतिक्रिया