२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

कुलिङ पिरियड छलछाम प्रकरण : छानबिन गर्न बिशेष समिति गठन



काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति गठन गर्न सहमति जुटेको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका सचेतक सहितका नेताहरुबीच शनिबार भएको छलफलमा विशेष संसदीय छानबिन समिति गठन गर्ने सअमति जुटेको हो ।

सचेतकहरुको बैठकले छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समिति ७ सदस्यीय रहनेछ ।

समितिमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २-२ सदस्य रहनेछन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १-१ जना सदस्य रहनेछन् । दलहरुको तर्फबाट समितिमा बस्ने सदस्यहरुको नाम पठाए लगत्तै समितिको बैठक बसेर कार्यआरम्भ हुने समेत बैठकले निर्णय गरेको छ ।

बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो । उनका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्नेछ । समितिलाई १५ दिनको म्याद दिने समेत सहमति कायम भएको छ ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ९ : २८ बजे

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा

रूपन्देहीको रोहिणीमा सोमबार राती गोली चल्यो, तीन लागुऔषध कारोबारी पक्राउ

बुटवल । रूपन्देहीको रोहिणी गाउँपालिकामा प्रहरीले गोली चलाएर तीन जना