३ पुस २०८२, बिहिबार | December 18, 2025

विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किए अध्यक्षकै प्रस्तावमा फर्किनुहुन्छ : रघुवीर महासेठ



जनकपुर । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच कुनै मतभेद नरहेको दाबी गरेका छन्।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासेठले हाल मिडियामा भण्डारी र ओलीबीच मतभेद भएको र पार्टीभित्र समूहबन्दी भएको भनेर आउने खबरहरूमा कुनै सत्यता नरहेको बताए।

उनले भने, “बजारमा हल्ला चलेको छ कि अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दूरी बढेको छ, कार्यकर्ताहरू कित्ताकाटमा लागेका छन् भन्ने तर ती कुरा बिल्कुलै सत्य होइनन्। दुबैबीच कुनै अन्तरविरोध छैन।”

महासेठले भने, “यदि विद्या भण्डारी फेरि सक्रिय राजनीतिमा आउनुहुन्छ भने त्यो अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा हुनेछ।”

पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।
यसपछि उनी एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने चर्चा चर्किएको छ।

विद्या भण्डारी राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्षको जिम्मेवारीमा थिइन् । उनी झन्डै १० वर्षसम्म औपचारिक राजनीतिबाट अलग थिइन्।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ११ : १२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन