२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किए अध्यक्षकै प्रस्तावमा फर्किनुहुन्छ : रघुवीर महासेठ



जनकपुर । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच कुनै मतभेद नरहेको दाबी गरेका छन्।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासेठले हाल मिडियामा भण्डारी र ओलीबीच मतभेद भएको र पार्टीभित्र समूहबन्दी भएको भनेर आउने खबरहरूमा कुनै सत्यता नरहेको बताए।

उनले भने, “बजारमा हल्ला चलेको छ कि अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच दूरी बढेको छ, कार्यकर्ताहरू कित्ताकाटमा लागेका छन् भन्ने तर ती कुरा बिल्कुलै सत्य होइनन्। दुबैबीच कुनै अन्तरविरोध छैन।”

महासेठले भने, “यदि विद्या भण्डारी फेरि सक्रिय राजनीतिमा आउनुहुन्छ भने त्यो अध्यक्ष ओलीकै सहमति र प्रस्तावमा हुनेछ।”

पूर्वराष्ट्रपति भण्डारीले असार १४ गते मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पार्टीको राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।
यसपछि उनी एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बन्ने चर्चा चर्किएको छ।

विद्या भण्डारी राष्ट्रपति हुनुअघि एमालेको उपाध्यक्षको जिम्मेवारीमा थिइन् । उनी झन्डै १० वर्षसम्म औपचारिक राजनीतिबाट अलग थिइन्।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ११ : १२ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित