१ पुस २०८२, मंगलबार | December 16, 2025

आज मोहर्रम पर्व मनाइँदै



बाँके । मुसलमान समुदायको मोहर्रम पर्वका अवसरमा घरघरमा राखिएका ताजियाले नेपालगञ्ज ताजियामय बनेको छ ।

मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनास्वरुप मोहर्रम पर्वका अवसरमा ताजिया राख्ने चलन रहेको बाँकेका मुस्लिम अगुवा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलवाईले बताए ।

उनका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनामा मनाइने मोहर्रमको नवौँ दिनमा मुस्लिम धर्मावलम्बीहरूले आ–आफ्नो घरमा राखेको ताजिया १०औँ दिनमा कर्बलामा विसर्जन गर्ने गरिन्छ । ताजिया बाँस, कागजको ढड्ठालगायतका कच्चा सामग्रीको प्रयोग गरी बनाइने गरिएको छ ।

मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलाहरूमा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उनले साना–ठूला जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावका रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए।

अग्लो ताजिया राख्ने होडबाजी

नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामु मार्ग निवासी चाँदबाबु राहीले यो वर्ष ७० फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । मोहर्रम पर्वका अवसरमा राहीले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन् भारतको बहराइच जिल्लास्थित आलीनगरबाट यो वर्ष रु एक लाखमा खरिद गरेर ल्याएको ताजिया बाँके जिल्लामा सबैभन्दा अग्लो रहेको उनको दाबी छ ।

मोटरसाइकल ग्यारेजमा मिस्त्री काम गर्दै आएका २७ वर्षीय राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर आफ्नो टोलमा प्रत्येक वर्ष अग्लो ताजिया राख्ने गरेका छन्। ताजिया खरिदका लागि प्रत्येक महिना आफ्नो आम्दानीबाट रकम छुट्याएर बचत गर्ने गरेको उनको भनाइ छ ।

“मेरो मनको खुसी र श्रद्धाका लागि मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु”, राहीले भने, “यो वर्ष ७० फिटको उचाइको यो बाँके जिल्लामा सबैभन्दा ठूलो ताजिया हो ।” चार महिना अगाडि नै राहीले ताजिया निर्माणका लागि ‘अर्डर’ गरेका थिए । चारवटा ट्रयाक्टरको ट्रलीमा भारतको बहराइचबाट ल्याएको ताजियालाई गए राति घर अगाडि स्थापना गरेको उनले जानकारी दिए ।

विगत आठ वर्षदेखि राहीले आफ्नै लगानीमा जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्दै आएको उनका छिमेकी मोहम्मद जुनेद राहीले बताए। बाँकेमा मात्र रु एक करोडभन्दा बढीका ताजिया राखिएको राहीको अनुमान छ ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ११ : १८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष