२३ भदौ २०८३, मंगलबार | September 9, 2026

न्यू मिडियालाई सञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैन : धर्मेन्द्र झा



नेपालगन्ज । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ बाँकेले आज नेपालगन्जमा आयोजना गरेको ुबदलिँदो परिवेशमा पत्रकारिताु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै झाले समाज बदलिरहेको परिप्रेक्ष्यमा नयाँ मिडियालाई आमसञ्चार माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प नरहेको बताएका हुन् ।

महासंघका पूर्व अध्यक्ष झाले पत्रकारितामा सत्यता, सन्तुलन, महसुसीकरण र गल्ती सच्याउने चेत पालना गरेमात्र पनि सम्पूर्ण आचारसंहिताको पालना हुने जिकीर गर्दै आमसञ्चारमा पृष्ठपोषणको संयन्त्र नभएका कारण पत्रकारितामा समस्या आएको बताए । समाचारमा पृष्ठपोषणको संयन्त्रले मात्रै पत्रकारितालाई थप जिम्मेवार र जवाफदेही बनाउने उनको धारणा छ ।

झाले नयाँ प्रविधि र विकासक्रममा अद्यावधिक हुँदै पत्रकारहरुले आफूलाई समयसापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले लेखाईको प्रबृत्ति र तरिकामा बदलाब आवश्यक रहेको पनि बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघको लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु लियाकत अलि, केन्दीय पूर्व उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व अध्यक्षहरु निरज गौतम, झलक गैरे र रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, अकोराबका केन्द्रिय सदस्य मो. आरिफ अन्सारी, पत्रकारहरु कृष्ण अधिकारी, शरण कर्माचार्य, कमल खत्रीलगायतले आ(आफ्नो पत्रकार पत्रकारिताको सुद्धिकरण र मर्यादित पत्रकारिताका विषयमा धारणा राखेका थिए ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : ५५ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी