काठमाडौं । संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ ।
प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले आजको कार्यसूचीका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् ।
सो बैठकमा संघीय निजामति सेवा बिधेयक ‘कुलिङ अफ पिरियड प्रकरण’ मा छानबिन बनाउने देखी प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने कार्यसूचीका बारेमा छलफल भएको छ ।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै गत जेठ १३ देखि संसद अवरोधका बारेमा पनि छलफल भएको छ ।
सो माग पुरा नभए पछि रास्वपा र राप्रपाले बिरोध जनाउँदै बैठक बिगत एक महिना भन्दा बढी समयदेखि संसद बहिस्कार गर्दै आएका छन् ।



















प्रतिक्रिया