२ पुस २०८२, बुधबार | December 17, 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा आगामी वर्षको कार्योजना तथा बजेट व्यवस्थापन बारे अन्तरक्रिया



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आगामी वर्षको कार्योजना तथा बजेट व्यवस्थापन बारे मँगलबार अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सेवा बिस्तार गरी आन्तरिक स्रोतबो बिकास तथा सेवाग्राहीलाई थप सहज हुनेगरी अघि बढ्न निर्देशन दिए ।

अस्पतालको प्रयोगशाला विभागलाई थप विश्वसनीय र छरिटो बनाउनु पर्ने, रेडियोलोजी विभागलाई व्यवस्थित गराउँदै लैजानु पर्ने, क्याथल्याव सेवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, प्रसुती सेवालाई अझ व्यवस्थित बनाउँदै रातको समयमा समेत गुणस्तरीय सेवालाई जोड दिनु पर्ने लगायतका सुझाबसहित सधारका कार्यलाई अघि बढाउन अध्यक्ष श्रेष्ठले निर्देशन गरे । मितव्ययीतासँगै स्वास्थ्य सेवालाई गुणस्तर बनाउने सवालमा आफू प्रतिवद्ध भएको बताउँदै उनले अस्पताल प्रशासन, चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी परिवार सोही अनुसार प्रतिवद्ध भएर लाग्न आग्रह गरे ।

यसैगरी अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले स्वास्थ्य सेवालाई थप गुणस्तरीय र सर्वशुलभ बनाउनका लागि आवश्यक उपकरण खरिद तथा संरचनाहरुको व्यवस्थापनका लागि आगामी वर्षको कार्योजनामा समावेश गरिएको जानकारी गराए । अस्पतालको अत्याधुनिक भवन निर्माणाधिन अवस्थामा रहेकाले अहिलेको पुरानो संरचनामा लगानी गर्ने कुरालाई मितव्ययीता अपनाइने भएपनि आधारभूत र अत्यावश्यक कुराहरुका लागि भने कुनै कमी हुन नदिनेगरी योजनावद्ध अघि बढिएको जानकारी गराए ।

आगामी वर्षका लागि अस्पतालमा निकट भविष्यमै सञ्चालन हुन लागेको एमआरआई मेसिन सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन, सिटी स्क्यान मेसिन थप गरी सञ्चालन गर्ने तयारी, रातको समयमा पनि ड्युटी अफिसर राखेर गुणस्तरीय सेवा प्रदान गर्ने, एमडीएमएस अध्यापनका लागि सम्भाव्यता अध्ययन लगायतका योजनाहरु अघि बढाइएको उनले बताए । यसैगरी अस्प्तालमा निमार्णको काम भैरहेको ४५ बेडको वार्ड बिस्तार गरी आउदो दशै भित्र सञ्चालनमा ल्याउने गरी तीब्रताकासाथ अघि बढेको उनले बताए ।

अन्तरक्रियामा अस्पतालका विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । उनीहरुले आफ्नो विभागा भएका जनशक्तिको अवस्था, स्वास्थ्य उपकरणहरुको अवस्था तथा सेवाको स्तर लगायतका विषयमा जानकारी गराउनुका साथै आगामी वर्षका लागि आवश्यक योजना तथा बजेट व्यवस्थापनका बारेमा सुझाब प्रस्तुत गरेका थिए । विभागीय प्रमुखहरुले दक्ष जनशक्तीको व्यवस्थापन, उपकरणहरुको मर्मत सम्भार तथा नयाँ खरिदका साथै इक्वीप्मेन्ट लाइब्रेरीको व्यवस्था, फार्मेसी सेवातर्फ सेवाग्राहीलाई परामर्श कक्षको व्यवस्था लगायतका योजनालाई आगमी वर्षको योजनामा समावेश गर्न आग्रह गरेका थिए । नेपाल सरकारबाट बीमा सेवातर्फ समयमा रकम भुक्तानी नुहँदा आर्थिक समस्या झेल्नु परेको उनीहरुले गुनासो गरे ।

कार्यक्रमको सहजीकरण गर्दै अस्पतालका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत राजन केसीले अस्पताल विभागहरुबाट प्राप्त मौखिक तथा लिखित सुझाबहरुलाई संकलन गरिएको बताउँदै आगामी वर्षको कार्योजनामा समावेश गरिने प्रतिवद्धता गरे ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : ११ बजे

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले